हेटौंडा उपमहानगरपालिका वडा नम्बर –२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा ८ मा अध्यनरत प्रसिद्ध तिमल्सिना बङ्गलादेशमा हुने अन्तराष्ट्रीय स्क्र्याबल प्रतियोगिता लागि छानिएका छन् ।

नवलपरासीको गैंडाकोट इङलिस स्कुल गैंडाकोट २ मा शनिबार भएको प्रतियोगितामा गैंडाकोट ईंग्लीस स्कूल नवलपुरका अर्नव पाण्डे प्रथम शैनिक आवासिय माध्यामिक विद्यालय कास्कीका आयुश ढकाल द्वितीय र राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन बाराका रोशन कुमार यादव तृतीय भएका छन् ।

विजय सामुदायिक शिक्षा सदन नवलपुरका शरद भण्डारीले चाँथो स्थान प्राप्त गरे भने ९५ जना प्रतिष्पर्धीबाट उत्कृष्ट २० जना विद्यार्थी छनोट भएका हुन् ।

सम्पन्न आठौं राष्ट्रिय स्क्र्याबल खेल प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २७ जिल्लाका ९५ जना प्रतिष्पर्धीको सहभागिता रहेका थिए ।

सप्पन्न गरिएको आठौ रास्ट्रिय स्क्र्यावल प्रतियोगितामा नेपाल अधिराज्यभर को २७ जिल्ला बाट छानिएका उत्कृष्ट ९७ मध्ये मकवानपुरबाट सहभागी ६ जना विद्यार्थीहरु मध्येबाट प्रसिद्ध पनि छानिएका हुन् ।

प्रतियोगितामा उत्कृष्ट २० मा परेका विद्यार्थीहरुले फेब्रुअरीमा बंगलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता जनाउने छन् ।
सहभागीहरु सबैको प्रस्तुति धेरै राम्रो र रोचकभएकमे र त्यसमध्यमा आफ्नो बिद्यालयमा अध्यनरत बिद्याथीृले सहभागीताको लागि छानिएको खुसी लागेको विद्यालयका प्रिन्सीपल विनोद सुबेदीले बताए ।
आउँदा दिनहरूमा सबैमा प्रगति को कामना सहित आयोजक टिमलाई प्रिन्सीपल सुबेदीले धन्यवाद व्यक्त गरे ।