हेटौडा,मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्तामा उद्घाटन गरिएको हो ।
पुस १ शुक्रबारबाट १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता अन्तरगर्त ्दुईदिनसम्म चल्ने गरि प्रतियोगिताको आयोजना गरिएकोे प्रतियोगितामा मकवानपुरको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाएका हुन् ।
दुईदिन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरमा रहेका खेलाडीहरुको तौल विहीबार र नगरभन्दा बाहिरका खेलाडीहरुको तौल शुक्रबार विहान लिएपश्चातनै सहभागी गराइएको अध्यक्ष लालकाजीरत्न बज्राचार्यले बताए ।
उनले बताए अनुसार १६ जना निर्णायक रहने गरि करिब १८० जना खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिने भएको हो ।
प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश भएको अवस्थामा केही बर्षपछि आयोजित तेक्वान्दो प्रतियोगिता खेलमा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरीएको हो ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीको टिमलाई शिल्ड प्रदान गरिने छ ।
प्रतियोगितामा बिभिन्न डोजाङका प्रमुख प्रशिक्षकहरुको उपस्थिति रहेको थियो भने ।
तेक्वान्दो संघका सचिव रमेत रहेका प्रशिक्षक बिक्रम लामिछानेले सहजीकरण गरेका थिए।














प्रतिक्रिया दिनुहोस्