बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौडा अटो मार्टको आयोजनामा शुभकामना आदानप्रदान सहित मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
टिभिएस् मोटर साइकल बिक्रेता रहेको मार्टले आफ्ना ग्राहकवर्ग तथा स्थानीय बासिन्दालाई शुभकामना आदानप्रदान सहित मोटरसाइकल र्याली सम्पन्न गरेको हो ।
नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली, छठ पर्वको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको मार्टले जनाएको छ ।
बुधबार साँझ अटो मार्टको सोरूम रानी दरबार देखि हेटौंडा बसपार्क हुँदै राप्ती रोड, बुद्ध चोक, चौकीटोल, नगरपालिका रोड, सानोपोखरा चोक, भैरब रोड, चिल्ड्रेन पार्क, पशुपति मन्दिर, पारिजात पथ, कान्तीराजपथ, मेन रोड हुँदै सोरुममा आइपुगेको मार्टका संचालक प्रबेश राज बरुवालले बताए ।
बरुवालले बताए अनुसार र्यालीमा ४० भन्दा बढी टिभिएस ब्राण्डका मोटरसाइकल, स्कुटर सहित सहभागी भएको थियो ।
हाल हेटौंडा अटो मार्टले बिभिन्न चाडपर्ब अफरका साथ मोटरसाइकल र स्कुटर बिक्री बितरण गर्दै आएको छ ।
मोटरसाइकल र्यालीमा जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक देबेन्द्र ढुङाना, अटो मार्टका प्रबन्ध निर्देशक कन्चन बुढाथोकी, डिएनके अटो मार्टका प्रबन्ध निर्देशक ध्रुबराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्