हेटौंडा १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमले भदौ ५ गते आइताबार देखि एक्सेञ्ज अफर ल्याएको छ ।
बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको चाहाना र माग अनुसार नै एक्सेन्ज अफर ल्याइएको शोरुमले जनाएको छ ।उक्त अफरमा पुरानो मोटरसाईकल छोडेर रोजाई अनुसारका नयाँ मोटरसाइल लैजान सकिने प्रोपाइटर राजुरत्न बज्राचार्यले बताए ।
कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्याङ्कन भन्दा रु. ७ हजार थप गरि का साथै प्रत्येक नयाँ मोटरसाइकलको खरिदमा २५ प्रशित डाउन पेमेन्टमा ग्राहकवर्गलाई मोटरसाइकल उपलब्ध गराइने बताएका हुन् ।
अरुको तुलनामा बजाजको पेट्रोलको राम्रो माइले, सजिलै पार्ट्सहरु पाइने, वारेण्टीमा सहज फाईनान्सको व्यवस्था लगायतका सेवासुविधा समेत रहेकाले ग्राहकहरुको रोजाइृमा बजाज परेको बताए ।
यसैक्रममा प्रोपाइर लालकाजी रत्न बज्राचार्यले अन्य मोटरसाइकल भन्दा बजाज धेरैनै स्तरिय भएको दाबी गरेका छन् ।
कागजात भएका जुनसुकै मोटरसाईकल ल्याएर एक्सचेञ्ज गर्न सक्ने र भाद्र ५ गतेदेखि ९ गते सम्म सञ्चालन हुने बज्राचार्यले बताए ।
विस्तृत जानकारीका लागि शोरुमको निम्न नं. हरुमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
Phone No:-9801305439 , 9801305418, 9801368461, 9855068461















प्रतिक्रिया दिनुहोस्