सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले बिरोध गरेको छ ।

मल अभावका कारण किसान मारमा परेतापनि प्रदेश सरकारले चासो नदिएको भन्दै किसान महासंघ बागमती प्रदेश कमिटीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजिनामा माग गर्दै मंगलबार मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्दै धर्ना दिएर बिरोध गरेको हो ।

बिरोध प्रर्दशनमा सहभागीहरुले ‘किसानलाई तुरन्त मल उपलब्ध गराउनका लागि सरकारको बिरोधमा लेखिएको बिभिन्न भनाईका प्ले कार्ड सहित मुख्यमन्त्री कार्यालयको गेटमा किसान परिचय पत्र लागु गर’, ‘सबै किसान एक हौँ’ जस्ता नारा लगाएका थिए ।

किसान महासंघले मल उपलब्ध गराउन पत्र सहित ध्यानाकर्षण पत्र गराएका छन् ।

मुख्यमन्त्रीको अनउपस्थिति भएकाले प्रदेश सरकारका निमित्त सचिव एमलाल भुषाललाई ध्यानाकर्षण बुझएका हुन् ।

किसानलाई मल आवश्यक पर्ने बेलामा मलको उपलब्ध गराउन नसक्नु प्रदेश सरकारको कमजोरी रहेको किसान महासंघ बागमती प्रदेश कमिटीका संयोजक सुरेन्द्र मोहन शर्माले बताए ।

धानबाली र मकैलाई यो समयमा मल चाहिने हुँदापनि किसानलाई मल उपलब्ध गराउन नसकेकोमा बिरोध गरिएको र किसानलाई मल उपलब्ध गराउन नसक्ने मुख्यमन्त्रीको राजिनामा मागिएको बताएका हुन् ।

विरोध कार्यक्रममा किसान महासंघका केन्द्रीय सदस्य शम्भु सुवेदी, बिनोद पौडेल, प्रदेश सचिव अरुण कुमार र किसान महासंघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।