हेटौंडा १०मा रहेको राज मोटर्सले यामाहा कम्पनिले नयाँ मोटरसाइकल ‘एफ जेड एक्स’ १५० सिसिको ल्याएकोछ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त मोटरसाइकल ‘लन्च’ गरेको हो ।
आरामदायी यात्रा गर्न सकिने गरि नेपालभर उपलब्ध हुने उक्त बाइकको बजारमूल्य चार लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताए ।
‘जिपिएस सिस्टम’ बाट मोबाइलसँग जोडेर बाइकको मिटर डिस्प्लेमा मोबाइलमा आएको फोन म्यासेज हेर्न सकिनेउक्त बाइकले ५० देखि ५५ किलोमिटर प्रति लिटर माइलेज दिने बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा ‘लन्च’ गरेको कार्यक्रममा तरुण नेता सुनिल गिरी लगायतको आतिथ्यता रहेको थियो