मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बेथिती भयो भन्दै नागरिकहरुले सुरु गरेको बिरोध जारी राखेका छन् ।

अस्पतालमा कार्य अवधीमा डाक्टर अस्पतालमै भेटिनुपर्ने भएतापनि नभेटिनु, बिमाको औषधी उपलब्ध नहुनु र अस्पताल प्रशासनले सुधारमा ध्यान नदिनु जस्ता विषयलाई केन्द्रित गर्दै धर्नामा बसेका हुन् ।

प्रशासनको बेवास्थाका कारण टोकन लिने बेलादेखि औषधी पाउन खेप्नुपर्ने सास्ती इमर्जेन्सीको लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यताले हेटौंडा अस्पतालमा ज्यान नै जानेचिन्ताले सताउने गरेको युवाहरुले बताएका छन् ।

अस्पतालमा बिरामीको चाप बढेका कारण हेटौंडा अस्पतालको हालत सहि बन्नु आवाश्यक रहेका उनिहरुको भनाई छ ।

यस्तो छ आन्दोलन