बैसाख ३० गते अर्थात आज शुक्रवार बाट भइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाताहरु मतदानकालागि उत्साहित भएका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्रका आधारमा डर, त्रास नमानी निर्धक्कका साथ मतदान गरिरहेका छन् ।
पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि छनौट गर्न सुरु भएको मतदानमा मकवानपुरको हेटौंडा उपमहानगर, थाहा नगर र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।
मतदान साँझ ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानएको छ ।
सरकारले जारी गरेको र परिचय खुल्ने कागजपत्रका आधारमा पनि मतदानगर्न पाइने र मतदानस्थलमा फोटो खिच्न, मदिरा खाएर मतदान केन्द्रमा जान तथा नमूना मतपत्र लैजान प्रतिवन्ध लगाइएको छ ।
निर्वाचनलाई सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । १ हजार ७सय ७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको छ ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेका छन्।























प्रतिक्रिया दिनुहोस्