बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कामको कार्ययोजना अघि सारेका छन् ।

यसैक्रममा मकवानपुरका दश वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा निस्किएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगर, थाहा नगर, गाउँपालिकामा भीमफेदी, इन्द्रसरोवर, मनहरी, राक्सिराङ, कैलाश, बकैयाँ, मकवानपुरगढी र बागमती गाउँपालिकामा उम्मेदवारी दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाबी प्रचार अभियानको दौडमा लागेका हुन् ।

उम्मेदवारी दिएका नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी, एकिकृत समाजबादी, राप्रपा, जसपा लगायतका दलहरु र स्वतन्त्र उम्मेदवारहरु पनि चुनाबी प्रचार प्रसारमा लागेका छन् ।

मंगलबारदेखि आफ्ना वडाहरुमा चुनाबी कार्यतालिका बनाएर चुनाबी प्रचार प्रसारमा लागेका हुन् भने मकवानपुरको दश वटा स्थानीय तहमा एक सय २ वटा वडाहरुमा दलहरुले आफै जित्ने दावि सहित प्रचार प्रसार गरेका छन् ।

तस्विर Partima Shresthaफेशबुक बाट