हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ घर भएकी सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई पुस २१ गते बिहीबार दोषी ठहर साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् ।
Hetaudaसुष्मिता हत्या प्रकरण:यसरी सार्वजनिक।विमा रकमको लालच।लाठी र लोहोरोले टाउकोमा प्रहारFILE vidio
सुस्मिता थापाको हत्या आरोपीलाई अदालतले पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको थियो भने थापाको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएकाहुन् ।
हुन् भने असार १ गते राती हेटौंडा उपमहानगर ४ कर्रामा रहेको घरमा विभत्स तरिकाले हत्या गरिएको थियो ।
कपिलबस्तुको बाणगङ्गा नगरपालिका माइती भएको २४ वर्षीया थापा २०७७ असार २ गते आफ्नै घरमा मृत अस्थामा भेटिए पछि सोही समयमा प्रहरी प्रमुख रहेका सुसिल सिंह राठौरको नेतृत्वमा मृतक थापाकै परिवार ससुरा प्रकाश थापा, सासु तुलसा थापा, आमाजु दुर्गा थापा र नन्द सीता थापालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा आरापीहरुनै हत्यामा संलग्न भएको देखिएको भन्दै उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मकमवानपुरलेअसार १५ गते सार्वजनिक गरेको थियो ।
आरोपमा ४जनाई पक्राउ गरेर सोमबार सार्वजानिक गरेर हत्यामा उनकै ससूरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा र सासू तुलसा थापा संलग्न भएको र २६ वर्षीया सुस्मितालाई ससूरा, सासू र कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको थियो ।
सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले ४दिनको निरन्तरको बहस पछि ५ जनलाई नै दोषी करार गरेको हो ।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीको बहस पछि प्रतिवादीतर्फका अधिवक्ताहरुले पनि बहस गरेका थिए ।
मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायँको माग गरिएको छ ।
दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भुमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउँने सजायँको आधा सजायँ माग दाबी गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताइन्।













प्रतिक्रिया दिनुहोस्