Rato Samachar
Wed, 13 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना सङ्क्रमित

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् । गत चैतको अन्तिम सातादेखि सङ्क्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि सङ्क्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना सङ्क्रमित भेटिएका छन् । उहाँले ३४ जनाको स्वाबलाई परीक्षण गर्दा छ जना महिलामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शङ्का लागि पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको डा सिंहले जानकारी दिनुभयो । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उहाँले बताउनुभयो । नारायणी अस्पतालमा हाल प्रत्येक मङ्गलबार शङ्का लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो सङ्ख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा ट्रयाम्प मोटरसाइकलको सोरुम

बागमती गोल्डकपको फाइनल समीकरण पूरा, उपाधिका लागि चित्लाङ र सर्लाही भिड्ने

बागमती युथ क्लब बागमती गोल्डकपको उपाधि नजिक

ललितपूरको फ्रेण्डस क्लब बागमती गोल्डकपको सेमीफाइनलमा

बागमती गोल्डकप, साविक विजेता चर्च ब्वाइजलाई स्तब्ध पार्दै सर्लाही सेमीफाइनलमा

बागमती गोल्डकप फुटबलमा चित्लाङ एफसीको विजयी शुरूवात

आठौं संस्करणको बागमती गोल्डकप सुरु, बागमती युथ क्लबको सुखद् सुरुवात

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

नेपाल यातायात व्यवसायीको वरिष्ठ उपाध्यक्षमा हेटौंडाका पराजुली चुनावी मैदानमा

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कराँतेको उपाधि बकैयाँले जित्यो

पहिलो पटकको सहभागितामै चित्लाङ एफसीले जित्यो आठौं बागमती गोल्डकपको उपाधि

हेटौंडामा ट्रयाम्प मोटरसाइकलको सोरुम

जनतालाई घरबाहर वीहिन बनाउने पक्षमा हामी छैनौंः अध्यक्ष हर्क साम्पाङ

हेटौंडा क्याम्पसले समयसापेक्ष शैक्षिक कार्यक्रम सञ्चालन गर्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology