Rato Samachar
Mon, 20 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
शिक्षा समाज

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उहाँले बताउनुभयो । बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन् । विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो । उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताउनुभयो । उहाँले भन्नुभयो,“सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।” चिन्ता तथा डरका कारण पनि त्यस्तो समस्या आउने गरेको चिकित्सक बलामीले बताउनुभयो । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमासमेत यस्तो समस्या आउने र यस्ता छात्रालाई अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पु¥याउन पर्नेमा उहाँले जोड दिनुभयो। बिरामी परेकालाई केही दिन बिदामा घर बस्न सुझाव दिए पनि विद्यालयमा भने बिदा नदिइएको तर विभिन्न सञ्चार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर भ्रमित समाचार सम्प्रेशण भएकामा विद्ययालयले आपत्ति जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

दुई तिहाइ सरकारको मिडियामाथिको पहिलो प्रहार :अध्यक्ष निमर्ला शर्मा 

रातो समाचार संवाददाता

साना निजी मिडियाले सरकारी कार्यालयबाट सूचना तथा विज्ञापन नपाउने

रातो समाचार संवाददाता

इनिसा विकलाई न्याय माग्दै मकवानपुर बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी संगठनद्वारा प्रदर्शन

लोकप्रिय



भर्खरै

Melbet APK Maroc fonctionnalits de lapplication de casino en ligne.500

Melbet APK Maroc comment tlcharger lapplication de casino en ligne.980

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

Wykorzystanie Aplikacji Mobilnej Mostbet Kasyno dla Łatwego Dostępu

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology