Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने

ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्र्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरुले पाँच विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस साधनले गाडी नजाने साँघुरो बाटोमा पनि तत्काल पुगी काम गर्न तथा पार्किङको रेखदेख र व्यवस्थापन गर्न एवं ट्राफिक जामका साथै सवारी दुर्घटना हुनसक्ने गरी अनाधिकृत रुपमा गरिएका पार्किङलाई कारबाही गर्नसमेत सहयोग पुग्नेछ ।” दुईपाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका साथै अनाधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रणमा ध्यान दिने उहाँले बताउनुभयो । नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सो साधनमा गस्ती गर्दा सार्वजनिक आवागमनमा बाधा पु¥याउने फुटपाथ पसल हटाउन तथा मापदण्डविपरीत अनाधिकृतरुपमा निर्माण गरिएका संरचना बनाउन नदिइने बताउनुभयो । ‘राफ्ट बारिएर’ मोडलको एवं चार्ज गर्न दुईदेखि तीन घण्टा लाग्ने तथा त्यसको ब्याट्रीको पावर दुई किलोवाटको रहनाका साथै सो साधनको ड्राइभिङको दायरा ७० देखि १०० किलोमिटर रहने जानकारी गराइएको थियो । त्यसैगरी सो कार्यक्रममा उक्त दुई पाङ्ग्रे साधन नियमित गस्ती गर्न नगरवासीको सहयोगमा घटनास्थलमा पाँच मिनेटमा पुग्न सक्ने पनि सुनाइएको थियो । –––
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology