closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

धरान चतरा सडकखण्ड रामधुनीमा बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रामधुनीका ३५ वर्षीय विनोद रम्तेललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।