गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा धादिङका गोपाल थापा र कोषाध्यक्षमा शकुन्तला देवकोटा विजयी भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको मञ्चको २४ औं वार्षिक साधारण सभा तथा केन्द्रिय कार्यसमितिको निर्वाचनमा थापा विजयी भएका हुन्।

अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डेले १५५ मत पाएकी थिइन् भने थापाले ३०३ मत प्राप्त गरेका थिए जसमा १४८ मतन्तरले पाण्डे परायजित भएकी हुन् ।

यसैगरि कोषाध्यक्षमा थापा समूहकै शकुन्तला देवकोटा विजयी भएकी हुन् । उनले ३सय मत पाएकी छिन् भने उनको प्रतिद्धन्दी गौरी उप्रेतीले १सय ६४ मत पाएकी थिइन्।

सह कोषाध्यक्षमा मनहरी दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नवराज थापा, सचिवमा दिपक पाण्डे, महा सचिवमा निषेश थापा , सह सदस्यमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत र सागर आचार्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

गत वर्षको चैत २० गते हुने भनेको साधारण सभामा पाण्डेले आफूलाई मनोनयन गर्न नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएपछि कार्यालयको निर्देशनमा निर्वाचन रोकिएको थियो।

गत वर्ष अध्यक्षमा पूर्व महासचिव राजकुमार थापाले उम्मेद्वारी दिएका थिए। व्यवसायीक कामका कारण यसपटक उनको उम्मेदवारी परेको थिएन।लिफ होलिडेज ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि. का प्रबन्ध निर्देशकसमेत रहेका थापाले देश संघीयतामा गईसकेको अवस्थामा केन्द्रको अधिकार पनि गाउँ–गाउँमा पुगेकाले अब हरेक स्थानीय निकायमा पर्यटकीय गन्तव्यको समृद्धिमा आफ्नो कदम रहने बताएका छन् ।

अब पद लिने मात्र होइन काम पनि गर्छ भन्ने देखिने गरि अग्रजको सल्लाह सुझाब अनुसार गाउँ गाँउको कला, संस्कृति, भेषभुषा, खानपानलाई प्रवर्द्धनका लागिनै काम गर्ने प्रतिबद्धता जनाए।