फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले पाएको छ ।
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४- २ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि पाएको हो।
कतारमा जारी फिफा खेल आइताबार राति ८ः४५ बजेबाट कतारको लुसेल रंगशाला भएको खेल रोचक बनेको थियो ।
पहिलो हाफमा रोमाञ्चक खेल प्रदर्शन गरेको अर्जेन्टिनाले २ – ० शून्यको अग्रता बनाएपनि खेलको २३ औँ मिनेटमा पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोल गरे ।

पेनाल्टी बक्समा ओसमाने डेम्बेललेले एन्जल डि मारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। ३६ औँ मिनेटमा डि मारियाले दोस्रो गोल गरे।

खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले अग्रता घटायो। निकोलस ओटामेन्डिले पेनाल्टी बक्समा कोलो मुआनीलाई फल हानेपछि फ्रान्सले पाएको पेनाल्टी मा एम्बाप्पेले गोल गर्दै खेलमा बराबरी भयो ।

खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई ३- २ को अग्रता दिलाए। फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरे।

खेलमा बराबरी भएपछि पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना विश्कप उपाधीको भागीदार बनेको हो ।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि ३६ वर्षपछि अर्जेन्टिनाले जितेको हो।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि पाएको थियो। फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप उचालेको हो।

यसपटक पेनाल्टी शुटआउटमा फ्रान्सलाई ४– २ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो।

सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएपछि उपाधि जित्न सकेको थिएन ।

अर्जेनटिनाका खेलाडी मेसीले सन् २०१४ मा पनि फाइनल पुर्‍याउँदा जर्मनीसँग पराजित भएपछि लगातार फाइनलमा पुग्दै असफल हुँदा राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरेका थिए । फुटबल समर्थकहरु र अर्जेन्टिनाकै राष्ट्रपतिको आग्रहपछि मेसीले सन्यास फिर्ता लिएका थिए ।

फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाएका हुन् भने विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् । ।

यस पटक मेसीले विश्वकप मात्र नभएर कीर्तिमान समेत कायम गरे ।
यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि जितेको फ्रान्सले यसपटक उपविजेतामा चित्त बुझउन परेको छ ।