Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन

  • आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो । गत आवमा कूल रु पाँच अर्ब १० करोड १७ लाख २८ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले रु चार अर्ब ८८ करोड चार लाख ४१ हजार मात्र सङ्कलन गरेको छ । सङ्कलित राजस्व लक्ष्यको रु २२ करोड १२ लाख ८७ हजार न्यून हो । कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरे पनि मूल्य अभिवृद्धि कर(मुअकर) र अन्त शुल्क लक्ष्यअनुसार सङ्कलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयले आयकर शीर्षकमा रु दुई अर्ब ८४ करोड एक लाख २१ हजार सङ्कलनको लक्ष्य राखेकामा रु तीन अर्ब तीन करोड ५६ लाख जम्मा भएको कार्यालयले जनाएको छ । त्यो लक्ष्यको १०६ दशमलव ८८ प्रतिशत हो । यसैगरी मुअकरमा रु एक अर्ब ५७ करोड १० लाख ७८ हजारको लक्ष्य राखिएकामा रु एक अर्ब ३३ करोड ५५ लाख ४२ हजार सङ्कलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ रु छ करोड ३९ लाख ३४ हजार, ब्याजकर रु ३५ करोड ३५ लाख १६ हजार, अन्तशुल्क रु १८ करोड ९७ लाख ५२ हजार, स्वास्थ्य सेवा कर रु १६ लाख ४१ हजार र शिक्षा कर रु चार लाख ३४ हजार सङ्कलन गरेको छ । कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन सन्तोषजनक नै रहेको जनाएको छ । विगतको राजस्वको वार्षिक वृृद्धिदरभन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो । कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढिरहेको र होटल तथा पर्यटन क्षेत्र कोभिड अघिकै लयमा फर्किन नसक्दा त्यस क्षेत्रबाट जम्मा हुने मूल्यअभिवृद्धि करमा कमी आएको र सरकारी कार्यालयको पूँजीगत खर्च कम हुँदासमेत राजस्वको समग्र लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शर्माले भन्नुभयो, “हाम्रो कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढी छ, होटल र पर्यटन क्षेत्र पुरानै लयमा फर्किन नसक्दा सो क्षेत्रबाट भ्याट आउन सकेन, पोखरा महानगरपालिका र प्रदेशस्थित कार्यालयबाट पनि गत वर्ष पूँजीगत खर्च कम हुँदा सरकारी कार्यालयबाट आउनुपर्ने मुअकर पनि सोचेअनुसार आउन नसक्दा हामीले लक्ष्य हासिल गर्न सकेनौँ ।” आन्तरिक राजस्व कार्यालय पोखरामा गत असार मसान्तसम्म ६२ हजार ४७१ आयकरमा र ११ हजार ७१२ करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएका छन् । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या एक लाख ३० हजार ८७० रहेको कार्यालयका सूचना अधिकारी मदनबहादुर केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८÷७९ मा आयकरतर्फ सात हजार ४६६, मुअकरमा एक हजार ३५ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ हजार ५८३ करदाता थपिएका छन् । –––
    रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology