बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।
महानगर हाँक्नका अघि सरेर चुनावी मैदानमा रहेसंगै मतगणना गर्दै गर्दा पपुलर बन्दै छिन् ।
गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहालको जितको सम्भावाना बलियो भएको सर्मथकहरुको धारना छ भने बधाई समेत भनिरहेका छन्।
मेयरको उम्मेदवार बनाएर रेनुलाई अघि सारेपछि एमाले तर्फको विजय सुवेदी, भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल विच महासंग्रामको संकेत देखियो ।
सम्पन्न निर्वाचनको महानगरमा मतगणना हुदै गर्दा आज मध्यान्न १२ बजेर २१ मिनेट सम्म ९४ हजार २३२ मत गणना गर्दा रेनुले८,०५९ मतले अग्रता लिएपछि जित पक्का भएको गठबन्धन पक्षको आकलन छ ।
जति मत गन्यो उति लोकप्रिय मतान्तरले अगाडि बढेर माओवादी केन्द्रकी रेनुले ३७ हजार २७ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् ।
भुइकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १२,२३३ मत प्राप्त छ ।
मेयर पदको घमासान परेको धेरै जसोको चासो बनेको भरतपुरमहानगर मा मत गणना हुँदैै गर्दा रेनु झन झन पपुलर हुदैछिन् ।
मतान्तरको अनुसार मेयर दाहाल र उपमेयर अधिकारीनै बन्न सक्ने सम्भावाना बलियो देखिएको छ ।
उपमेमयरमा गठबन्धनबाट उम्मेदवारबनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९,१२९ मत पाएका छन् । अधिकारी ८,०५९मतले अग्रतामा छन् ।
त्यस्तै गरि राप्रपा तर्फको हिमला गुरुङ्गले २२,९११ मत पाएकी छन् ।
मत गणना जारी छ ।


















प्रतिक्रिया दिनुहोस्