नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साँच्चै नेपाली नागरिकले विना कुनै बहाना नागरिकता पाउनु पर्ने भ्रम नभए पनि सरकारले ल्याएको नयाँ नागरिकता विधेयक गलत भएको बताए । ‘राज्य व्यवस्था समितिमा भएको सम्झौतालाई पन्छाएर सरकारले विधेयक ल्याएको हो, यो देशको हितमा छैन,’ नेता ज्ञवालीले भने । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था एमालेले प्रस्ताव गरेको उल्लेख गर्दै एमालेका उपमहासचिवले नयाँ विधेयकमा अंगीकृत नागरिकता दिने व्यवस्था रहेको बताए । विवाह गरेपछि तत्कालै नागरिकता लिन सकिन्छ, जुन उचित होइन । उनका अनुसार वैवाहिक अंगीकृत नागरिकताका लागि केही मापदण्ड तोक्न सकिने भएपनि नेपाली पुरुषसँग विवाह गर्ने महिलाले कुनै पनि व्यवसाय वा रोजगारीमा लाग्न पाउने व्यवस्था गर्न सकिने बताए । —रासस