Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नदी किनारका बासिन्दाका पीडा ः ‘राति निन्द्रा नै लाग्दैन’

गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरुआत भइसकेको छ । नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन् । मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ । मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ । बर्खा सुरु भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबैभन्दा बढी पिरोल्ने गरेको छ । मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गर्नुभयो । “हिउँदभरी त हामीलाई खासै दुःख हुँदैन”, उहाँले भन्नुभयो, “बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरु हुन्छन् ।” बर्खा सुरु भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरुको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताउनुभयो । सबै राजनीतिक दलका नेताले चुनावको बेलामा नदी नियन्त्रणको आश्वासन दिएर भोट माग्ने गरेको उल्लेख गर्दै महतोले चुनाव सकिएपछि आफूहरुलाई बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो । नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय पीडित हुने गरेका छन् । हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन् । मनसुन सुरु भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैँडाकोट–२ का जीवन बोटे बताउनुहुन्छ । “बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन”, बोटले भन्नुभयो, “राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।” नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरुको मनमासमेत पीडाका भावहरु मडारिने गरेको बोटे बताउनुहुन्छ । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ । मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ । जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ । पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उहाँको भनाइ छ । बाढी पहिरा प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्नेबारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । “नदीलाई मूल प्रवाहमा बगाउने, खोलानाला थुनिएको ठाउँमा सफा गर्ने, कटानको जोखिम भएको ठाउँमा तारजाली लगाउने कामहरु गरेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि सबै पालिकासँग समन्वय गरिएको छ, पूर्वसूचना प्रवाह प्रणालीसमेत सञ्चालनमा ल्याएका छौँ ।” विपद् व्यवस्थापनका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको घिमिरेले बताउनुभयो । “सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ”, घिमिरेले भन्नुभयो, “जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमा लगायतका काम गरेका छौँ ।” नदी तथा खोला पसेर गाउँ नै सखाप पार्ने अवस्था देखिएकाले तत्काल रोकथामका लागि अपनाउनुपर्ने कामहरु भइरहेको घिमिरेको भनाइ छ । नदी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दीर्घकालीन काम भने भएको छैन । गाउँ डुबानमा परेपछि उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभन्दा नदी नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने जिल्लावासीको माग छ ।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology