Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

  • म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र रु एक करोड ८४ लाख ८९ हजार ६०३ जरिवाना असुलउपर भएको अदालतका नायब सुब्बा ताराबहादुर थापाले बताउनुभयो । “गत आवमा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,” उहाँले भन्नुभयो, “फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नाका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो ।” दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजायको एक महिनाको रु १५० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था छ । व्यक्ति पहिचान हुन नसक्नु, विदेश तथा बसाइँसराइ गरेर जानु, समुदायबाट पर्याप्त सहयोग नहुनु, स्रोतसाधन र जनशक्तिको अभावका कारण फैसला कार्यान्वयनमा समस्या देखिएको छ । जिल्ला अदालतले आर्थिक वर्ष २०७८÷७९ मा ४७९ मुद्दा फछ्र्याैट गरेको थियो । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेका १९१ र त्यस वर्ष ४३९ वटा मुद्दा दर्ता भएका थिए । अदालतका स्रेस्तेदार तेजनारायण पौडेलले ४७९ मुद्दा फछ्र्यौट र १५१ वटा आर्थिक वर्ष २०७९÷८० का लागि जिम्मेवारी सरेको जानकारी दिनुभयो । “अठार महिनाभन्दा बढी समय नाघेका मुद्दाको सङ्ख्या शून्य छ,” उहाँले भन्नुभयो, “मुद्दाको चाप बढे पनि कार्ययोजना बनाएर जति सक्दो छिटो मुद्दा फछ्र्याैट गर्ने गरेका छौँ ।” स्रेस्तेदार पौडेलका अनुसार चालु आर्थिक वर्षमा जिम्मेवारी सरेकामध्ये ३० वटा मुद्दा एक वर्षदेखि १८ महिना भित्रका हुन् । आर्थिक वर्ष २०७७÷७८ मा ४३६ मुद्दा दर्ता भएकामा २४५ र आर्थिक वर्ष २०७६÷७७ मा ३३१ मुद्दा दर्ता भएकामा १७८ फछ्र्याैट भएका थिए । सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३०५ मुद्दा दर्ता भएकामध्ये २६४, अंशसम्बन्धी ४४मध्ये २१, लेनदेनसम्बन्धी ४६मध्ये२३, जबर्जस्ती करणीका २३ मध्ये १० र सवारी ज्यानका १५ मध्ये १० वटा फछ्र्यौट भएका थिए । जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पछिल्लो समय सम्बध विच्छेदका मुद्दा बढेका र चेक अनादरसम्बन्धी मुद्दा आउन थालेको बताउनुभयो । गत वर्ष १३ चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएकामा चार, अपुतालीसम्बन्धी दुईमध्ये दुबै, घरेलु हिंसाका सातमध्ये पाँच, जालसाँजीका आठमध्ये दुई, जबर्जस्ती करणी उद्योगका पाँचमा सबै, कर्तव्य ज्यानका नौमध्ये पाँच र ज्यान मार्ने उद्योगका नौमध्ये सात मुद्दा फछ्र्याैट भएका थिए । आधुनिक जीवनशैली, सहरी क्षेत्रमा बसाइँसराइ, पारिवारिक विचलन, आर्थिक हिनामिना र बालविवाहका कारण लगायत वैदेशिक प्रयोजनका लागि पनि सम्बन्ध विच्छेद हुने गरेको छ । जापान, अस्टे«लिया, क्यानडा, अमेरिकालगायत देशमा डिपेन्डेन भिसामा जानका लागि सम्बन्ध विच्छेद गर्नेहरु पनि रहेका छन् । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology