दाङको टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको अधिकारीहरुले बताएका छन् । विमानस्थलले ३० हजार लिटर इन्धन भण्डारण गर्ने क्षमताको इन्धन डिपो विकास गरिरहेको छ । इन्जिनियर सुरज शाहले एक वर्षअघि सुरु भएको डिपो छिट्टै सम्पन्न भई डिपोको प्राविधिक परीक्षणपछि सञ्चालनमा ल्याइने बताए । न्यु ड्राइभन एमसी फाल्गुनन्द कन्स्ट्रक्सन कम्पनीले रु १ करोड ५० लाखको टेण्डर जितेर डिपो विकास गरिरहेको छ । इन्धन डिपो नहुँदा काठमाडौंबाट विमानमा नै हवाई इन्धन ल्याइएको छ । ‘अब यो समस्या समाधान हुन्छ र विमानको भाडा पनि घटाइन्छ’, शाहले भने । अहिले विमानस्थलमा शुक्रबार र शनिबार बाहेक हप्तामा पाँच दिन जहाज आउने गरेको छ । रासस