Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

जीर्ण भवनबाट औद्योगिक क्षेत्रको प्रशासन

४१ वर्षअघि नेदरल्याण्ड सरकारको सहयोगमा निर्माण भएको वीरेन्दनगर औद्योगिक क्षेत्रको प्रशासकीय भवन लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जीर्ण भवनको छतमा वर्षा छल्नलाई प्लाष्टिकले ढाकेर उद्योग प्रशासन सञ्चालन गर्दै आएको छ । कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले नयाँ प्रशासकीय भवन निर्माण तथा ममर्तका लागि केन्द्रमा अनुरोध गरिएको जानकारी दिनुभयो । “भवनको छतभरी पलाष्टिकले ढाकेका छौँ, हावाहुरी लाग्दा पलाष्टिक उडाएर लैजान्छ, कोठाभित्र पानी चुहिन नदिन पलाष्टिकसँगै त्रिपालले ढाकिएको छ,” उहाँले भन्नुभयो, “अन्य भवनको मर्मत कार्य पूरा भएको छ, प्रशासनिक भवनको हकमा जीर्ण भएकाले निर्माणका लागि बजेट माग गरिएको छ ।” आफू कार्यालय प्रमुख भएर यहाँ आएको चार वर्ष बित्नै लाग्दा हरेक वर्षातमा प्लाष्टिक र त्रिपालले ढाकेर काम चलाउँदै आएको उहाँको गुनासो छ । आठ कोठे प्रशासकीय भवन कर्मचारी आवासगृह समेत हो । सुर्खेत विमानस्थलको उत्तरतर्फ ९० रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा प्रशासकीय भवनबाहेक अन्य भवन पाँच वटा छन् । कार्यालयले ती भवन भने औद्योगिक प्रयोजनका लागि भाडामा दिएको छ । कार्यालय प्रमुख बञ्जाडेले भन्नुभयो, “औद्योगिक क्षेत्रमा उद्योग त चल्न दिनुप¥यो, त्यही भएर ती भवन प्रयोग गरेका छैनौँ, बरु त्रिपालले ढाकेरै भए पनि जेनतेन काम चलाउँछु ।” औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयमा कर्मचारीको सङ्ख्या पनि कमी छ । तीन सुरक्षा गार्डसहित हाल आठ जना कर्मचारी कार्यरत छन् । औद्योगिक क्षेत्रका लागि पानीको ओभरहेड ट््याङ्की तथा नयाँ पाइप लाइन विस्तार कार्य हुन बाँकी रहेको र बजेट अभावका कारण चमेना गृह, सेन्टी पोष्ट, बैंक एक्सटेन्सन काउन्टर, बारुण यन्त्रको व्यवस्थापन हुन नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । प्रदेश सरकारको लगानीमा ५०० मिटर सडक कालोपत्र र ७०० मिटर सिमाना पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । कार्यालय प्रमुख बञ्जाडेले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल विद्युत् प्राधिरकणसँगको समन्वयमा सुर्खेतको सवस्टेशनदेखि वीरेन्द्रनगर औद्योगिक क्षेत्रसम्म छुट्टै ‘डेडिकेटेड फिडर’ निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा २७ मध्ये हाल २२ उद्योग चालु अवस्थामा छन् । तीन उद्योग निर्माणाधीन र दुई उद्योगमा कब्जामा छन् । लामो समयदेखि सञ्चालन नगरी जग्गामात्रै ओगटेका उद्योगको सम्झौता रद्द गरी मूल्याङ्कन फाइल स्वीकृतिका लागि बोर्डसमक्ष पठाइएको छ । चालु अवस्थामा रहेका २२ उद्योगबाट गरी ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यहाँ सबैभन्दा ठूलो लगानी रु १५ करोड लागतमा सुर्खेत डेरी उद्योग सञ्चालनमा छ । यसले चार वर्षदेखि ‘रारा ब्राण्ड’ मा दुग्धजन्य पदार्थको उत्पादन गर्दै आएको छ । सुरक्षा ग्याबिन वायर इण्ड्रष्टिज, पिए फुड इण्ड्रष्टिज, भवानी छापाखाना ठूला उद्योगमा पर्दछन् । यस क्षेत्रमा पाँच–पाँच वटा औद्योगिक भवन र व्यवसायिक सटर छन् । बक्यौताविहीन औद्योगिक क्षेत्र नेपाल सरकारको स्वामित्वमा रहेका १० वटा औद्योगिक क्षेत्रमध्ये यस क्षेत्रले आव २०७७÷७८ को सम्पूर्ण बक्यौता असूली गरेको, आव २०७८÷७९ को समेत करिब ९८ प्रतिशत बक्यौता रकम असूल गरी बक्यौताविहीन औद्योगिक क्षेत्र बनेको छ । साथै नेपालकै नमूना वातावरणमैत्री औद्योगिक क्षेत्रका रुपमा पहिचान बनाएको छ । कोभिडको कारण लकडाउन भई सम्पूर्ण औद्योगिक प्रतिष्ठान बन्द भइरहेको अवस्थामा २०७७ वैशाख १ गतेदेखि पुँजी, मेसिनरी, कच्चापदार्थ, आधुनिक प्रविधिको समेतको व्यवस्थापन गरी सुर्खेत डेरी उद्योग, सुरक्षा ग्याबिन वायर एण्ड इण्ड्रष्टिज प्रालि प्रदेशकै नमूनाका रुपमा स्थापित भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । आव २०७७÷७८ मा जग्गा बहालबाट रु पाँच लाख २० हजार ५००, भवन बहालबाट रु तीन लाख ७६ हजार ३८९ पानी महसुलबाट ११ लाख ५८२ र विद्यत् महसुलबाट ३८ लाख ७५ हजार ४४४ र विविध गरी रु चार लाख ४३ लाख ५९८ रकम औद्योगिक क्षेत्रले आम्दानी गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology