Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन”, बेनी नगरपालिका–९ का विमला सुवेदीले भन्नुभयो, “पानी पर्ला भनेर राम्रोसँग नपकाइकन मकै थन्क्याइयो, रोपाइँको तयारीका लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छ ।” पुलाचौरका नवीन बानियाँले पोहोर सालको तुलनामा त अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताउनुभयो । “बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यसपटक धान उत्पादन नै मुस्किल हुने भयो”, उहाँले भन्नुभयो । उहाँहरुले जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन, रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानले बताएका छन् । “गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन्, तर पानी परेको छैन”, बेनी नगरपालिका–७ का शिव घिमिरेले भन्नुभयो, “ न समयमा मलबीउ पाइन्छ, न वर्षा हुन्छ, यसपटक धान उत्पादन राम्रो हुने लक्षण छैन ।” विगतका वर्षको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले भनेको समाचार आएपछि समयमै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकले थन्क्याएर खेत खाली गरेका थिए । कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुनसकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेत पनि सिँचाइ समस्यामा पटपटी फुटेका किसानले बताएका छन् । “आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, बेनी नगरपालिका–२ बगरफाँटका जीतबहादुर कार्की भन्नुहुन्छ, “झमझम पानी पर्ने समयमा दिनभरि टन्टलापुर घाम लाग्छ । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके । पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो ? अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने कुरै भएन ।” कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार आजसम्म जिल्लामा करिब ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानी अभावका कारण करिब आधा जति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उहाँको भनाइ छ । सिङ्गा, बावियाचौर, बगरफाँट, रत्नेचौरलगायत राम्रो धान उत्पादन हुने क्षेत्रमा नै समयमा रोपाइँ भएको छैन । करिब ६८ प्रतिशत रोपाइँ भएको छ । थोपा–थोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका किसानले बताएका छन् । काम सकेर फुर्सदिला हुने समयमा किसान काम नै (रोपाइँ) गर्न नपाएर पिरोलिएर बसेका छन् । प्रमुख खाद्य बाली पनि धान नै भएकाले वर्ष दिन खानुपर्ने अन्नका अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरूलाई लागेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology