Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
निर्वाचन राजनीति राष्ट्रिय समाचार

काभ्रेमा १७ मतदान केन्द्र परिवर्तन

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मङ्सिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ । कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ । यस्तै तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा सारिएको छ । छ स्थानीय तहमा गरिएको मतदान केन्द्र परिवर्तनमध्ये सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा परिवर्तन भएका हुन् । नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । सोही नपा वडा नं ३ को कालिका आधारभूत विद्यालय भेँडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नं ६ को कालिगङ्गा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ । नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ । वडा नं १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ । त्यस्तै पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ । पनौतीकै वडा नं २ को ३ नं वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय माविमा केन्द्र सारिएको हो । ६ नं को वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ । पाँचखाल नपा–३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको कार्यालयले जनाएको छ । महाभारत गाउँपालिका–५ को तत्कालीन गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्लामा केन्द्र सारिएको हो । वडा नं ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ । त्यस्तै रोशी गाउँपालिका–५ को गाविस भवन लुरपुङ्गडाँडाबाट भूमिस्थान माविमा केन्द्र सारिएको हो । बनेपा नपा–१२ का दुवै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा केन्द्र सारिएको हो भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ । परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताको नामावलीसमेत सारिएको कार्यालय प्रमुख राईले बताउनुभयो । जिल्लामा स्थानीय तह निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल तथा तीन सय ८१ मतदान केन्द्र व्यवस्थित गरिएको थियो । स्थानीय तह निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका थिए । उक्त निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० मतदाता रहेकामा आगामी आम निर्वाचनमा आठ हजारभन्दा बढी मतदाता थपिने भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology