हेटौंडा उपमहागर भित्र महिला होमस्टे सञ्चालनमा आउने  भएको छ ।
हेटौंडामा बाहिरी जिल्लाबाट आउने महिलाका लागि हेटौंडा- १ स्थित भिन्तुनापथमा आफ्नै घरमा आभाश्री होमस्टे सञ्चालनमा ल्याउने तयारी गरिएको महिला उद्यमी,  मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी पूर्व सभापति सरिद्धी श्रेष्ठले बताइन् । श्रेष्ठले बताए अनुसार हाल ४ वटा रुमबाट सुरु गरिएको छ ।

महिनाको १५ हजार रुपियामा खान र बस्नलगायत सुबिधा हुने बाहिरबाट हेटौंडा आउने महिलालाई सहज बनाउने सोच सहित सञ्चालनमा ल्याउन लागेको बताइन् ।

हाल ४ वटा रुमबाट सेवा सुरु गरे पनि आवश्यकताअनुसार बढाउँदै लगिने श्रेष्ठको भनाइ छ ।