
जिल्ला प्रहरी कार्यालय दाङले श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय शारदा केसीको हत्याको आरोपमा शारदाकै श्रीमान ४१ वर्षीय मेघराज केसी पक्राउ परेका हुन् ।
पक्राउ परेका मेघराज लाई पत्रकार सम्मेल गर्दै सार्वजनिक गरेको हो ।
वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट मेघराजलाई पक्राउ गरिएको दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
प्रहरी प्रमुख वलीले जानकारी दिए अनुसार श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा श्रीमतीको हत्या गरेको स्वीकारेको हो ।
प्रहरी प्रमुख वलीले बताए ।
वैशाख १ गते राती दश बजेको श्रीमतीलाई हत्या गरी शव घरको बारीमा गाडेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्