Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानीमात्र नभइ गाउँगाउँमा लागुऔषध दुव्र्यसनीको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताउनुभयो । “हाम्रा सांस्कृतिक पर्वमा विचलन आएको छ, ठीकबेठीक छुट्याउन नसकेकै कारण लागुऔषधको दुव्र्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको छ, नगरपालिकाले विद्यालयमा गएर चेतना विस्तारमा सक्रिय रहने योजना बनाएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागुऔषध दुव्र्यसनीको सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागुऔषध दुव्र्यसनविरुद्ध चेतना फैलाउनुपर्ने बताउनुभयो । यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसविरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुँयालले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभयो । त्यस्तै तेजविनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एशोसियशन अष्टे«लियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गर्नुभएको थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology