Rato Samachar
Sun, 21 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

राष्ट्रियसभामा सांससको समान धारणाः गैरनागरिकले नागरिकता नपाऊन्

नेपालको राष्ट्रिय हित र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सांसदहरुले अङ्गीकृत नागरिकताको सन्दर्भमा कडा प्रावधान राख्नुपर्ने बताउनुभयो । छलफलमा भाग लिँदै सांसद बेदुराम भुसालले वैवाहिक अङ्गीकृत नागरिकताका सन्दर्भमा समयावधि तोक्नुपर्नेमा जोड दिनुभयो । भारतमा नेपालका छोरी–चेली विवाह गरेर जाँदा सात वर्षमा मात्रै नागरिकता पाउने प्रावधान रहेको भन्दै नेपालमा पनि सोही खालको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद डा विमला राई पौडेलले अनागरिक युवालाई नागरिकता पाउनुपर्छ भन्नेमा आफू सकारात्मक भए पनि यो विधेयकका केही प्रावधान भने सच्याउनुपर्नेमा जोड दिनुभयो । सांसद भैरवसुन्दर श्रेष्ठले विधेयक सम्बन्धित समितिमा पठाउनुपर्ने धारणा राख्दै वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयावधि तोकिनैपर्ने धारणा राख्नुभयो । सांसद खिमलाल भट्टराईले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकलाई नागरिकता प्रदान गर्ने विषयमा आफूहरूको समर्थन रहेको बताउनुभयो । उहाँले पनि वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयसीमा राखिनैपर्ने उल्लेख गर्नुभयो । सांसद सुरेशकुमार आले मगरले नागरिकताको विषय राष्ट्रियतासँग पनि जोडिएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो । सांसद उर्मिला अर्यालले नागरिकको सन्दर्भमा सरकार जिम्मेवार हुनुपर्ने, प्रक्रियागतरूपमा पनि स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । सांसद जगप्रसाद शर्माले राष्ट्रियताको सन्दर्भमा कुनै पनि सम्झौता नगरीकन नागरिकको आवाजलाई सम्बोधन गर्न माग गर्नुभयो । सांसद गङ्गा बेल्वासेले भौगोलिक, राजनीतिक र सांस्कृतिक हिसाबले संवेदनशील ठाउँमा रहेकाले नागरिकता दिने विषयमा खुकुलो प्रावधान राख्न नहुने बताउनुभयो । सांसद जितेन्द्रनारायण देवले संविधानअनुरुप नै नागरिकता विधेयक प्रस्तुत भएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । सांसद मायाप्रसाद शर्माले अङ्गीकृत नागरिकताका सन्दर्भमा समयसीमा राख्नैपर्ने बताउनुभयो । सांसद प्रमिला कुमारीले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकका आधारमा सरकारले यो विधेयक ल्याएको र लामो समयदेखि नागरिकताविहीनलाई सम्बोधन गर्न खोजिएको धारणा राख्नुभयो । सांसदहरु भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी, खिमलाल देवकोटा, भगवती न्यौपाने तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, उदयबहादुर बोहोरा, शेखरकुमार सिंह,लगायतले नागरिकताका विषयमा खेलाची नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology