Rato Samachar
Mon, 19 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

 उत्शव काफ्ले – भोटेकोशी–त्रिशूली क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले सडक, पुल, घर तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। कति परिवारका वर्षौँको मेहनत र सम्पत्ति बगायो भने धेरै परिवारलाई आफ्नाको खोजीमा भौँतारिनुपर्ने अवस्था बनायो।
हामी बाढीपछि प्रभावित क्षेत्रमा पुग्दा हिजोसम्म मानिसको चहलपहलले भरिएका ठाउँहरू भग्नावशेषमा परिणत भएका दृश्य देख्यौँ । कतै घरको नामोनिसान थिएन, कतै पुलका अवशेष मात्र बाँकी रहेका थिए। कतिपय परिवारले बाढीमा हराएका आफ्नाको अवस्था थाहा पाउने प्रतीक्षामा बसिरहेका थिए। यस्तै अवस्थाबीच हामी पनि उद्धार तथा खोजी कार्यमा लागी पर्‍यौँ।
अनुज प्रधानको नेतृत्वमा २०८३ भदौ ११ गतेदेखि भदौ २० गतेसम्म उत्सव काफ्ले, विनोद ढुंगाना, टीकाप्रसाद तिमिल्सिना लगायत नेपाल स्काउटका सदस्यहरू सहित प्रभावित क्षेत्रमा निरन्तर खटेयौँ। खटाइका दस दिन हाम्रो लागि केवल उद्धारमा बितेको समय नभइ विपद्को समयमा हामी मानिस एकअर्काका लागि कसरी उभिन्छौँ भन्ने अनुभवको समय थियो।
सिमित श्रोत र सुविधामा पनि आवश्यक सामग्री सकेसम्म आफ्नै खर्चमा व्यवस्थापन गर्‍यौँ। आफैँ खाना किनेर खायौँ, कहिले स्थानीय तथा अन्य सहयोगीले उपलब्ध गराएको खाना खायौँ। शारीरिक थकावट र मानसिक परिक्षाका बाबजुद खोजी तथा उद्धारको काम भने निरन्तर चलिरह्यो।
शव खोजीदेखि प्रहरीलाई हस्तान्तरणसम्म
चितवनमा खोजी तथा उद्धारका क्रममा हामीले केही शव फेला पार्‍यौँ। ती क्षण हाम्रा लागि निकै संवेदनशील थिए। फेला परेका शवहरू कसैका बाबु, आमा, छोरा, छोरी, दाजुभाइ वा जीवनसाथी थिए। शव फेला परेपछि प्रचलित प्रक्रिया तथा मापदण्डअनुसार मुचुल्का उठाई चितवनमा रहेका सम्बन्धित प्रहरीलाई हस्तान्तरण गर्‍यौँ। त्यतिबेला हाम्रो एउटै उद्देश्य के थियो भने हराएका व्यक्तिका परिवारले आफ्ना मान्छेको अवस्थाबारे चाँडोभन्दा चाँडो जानकारी पाऊन् ।
घरका भग्नावशेषमा भेटिएका सामान सम्बन्धितलाई फिर्ता
त्यसपछि हामी नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेर उद्धार कार्यमा निरन्तर खटियौँ। विद्यालयबाट करिब २–३ किलोमिटर तल रहेको देवीघाट बजार क्षेत्रमा पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दियौँ। बाढीले तहसनहस बनाएका घर तथा संरचनाको खोजी गर्ने क्रममा हामीले घरगहना, नगद, जिन्सी तथा अन्य महत्त्वपूर्ण सरसामान फेला पार्‍यौँ। ती सामान पहिचान गरी प्रहरीको रोहबरमा मुचुल्का उठाएर सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा हस्तान्तरण गर्‍यौँ।
पीडितले लामो समयदेखि हराएको आफ्नो सामान फिर्ता पाउँदा देखाउने खुसीले हाम्रो थकानसमेत बिर्साइदिन्थ्यो। विपद्का बेला एउटा सानो सामानको महत्व पनि कति ठूलो हुँदो रहेछ भन्ने कुरा त्यहीँ पुगेर बुझ्यौँ।
तुइनबाट वारिपारि गराउनेदेखि पुल निर्माणमा सहयोगसम्म
बाढी तथा पहिरोका कारण विभिन्न स्थानका पुल बगाएपछि मानिसलाई वारिपारि आवतजावत गर्नसमेत कठिन भएको थियो। देवीघाट क्षेत्रमा आवतजावत प्रभावित भएपछि नेपाली सेनाको सहयोगमा हामी स्काउट सदस्यहरूले तुइनको व्यवस्था गरी स्थानीयलाई वारिपारि गर्न सहज बनाउने कार्यमा सहयोग गर्‍यौँ। त्यो अवस्थामा तुइन केवल नदी पार गर्ने साधन थिएन। प्रभावित मानिसको दैनिक जीवनलाई फेरि जोड्ने माध्यम बनेको थियो। यसै क्रममा नेपाली सेनाले तादी नदी—सूर्यमती हुँदै रसुवाको गोसाइँकुण्ड–सूर्यकुण्ड क्षेत्रबाट बग्दै नुवाकोटको देवीघाटमा आइपुग्ने नदी—मा बेली ब्रिज निर्माण गरिरहेको थियो।
बाटो र पुल नहुँदा रोकिएको जनजीवनलाई पुनः चलायमान बनाउने प्रयासमा हामी स्काउट सदस्यहरूले पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्‍यौँ। त्यो क्रममा उद्धारको अर्थ केवल बाढीमा हराएका मानिस खोज्नु मात्र होइन रहेछ भन्ने अनुभव भयो। बन्द भएको बाटो खोल्नु, नदी पार गर्न नसकिरहेका मानिसलाई वारिपारि गराउनु र निराश बनेका परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग गर्नु पनि उद्धारकै हिस्सा रहेछ।
विपद्को बीचमा देखिएको मानवता
भदौ ११ देखि भदौ २० गतेसम्म प्रभावित क्षेत्रमा रहँदा हामीले विपद्का अनेक दृश्य देख्यौँ। थाकेका शरीर, आँसु झरेका आँखा, हराएका आफन्त खोजिरहेका परिवार, बाढीले बगाएका घर, पुरिएका भवन र भत्किएका पुल—यी सबै दृश्य आँखाअघि थिए। तर त्यसभन्दा माथि अर्को दृश्य पनि देखियो—एकअर्कालाई सहयोग गर्न अघि बढिरहेका मानिसहरू। कसैले खाना दियो, कसैले पानी दियो, कसैले डोरी समात्यो, कसैले पुल निर्माणमा सहयोग गर्‍यो, कसैले शव खोज्यो र कसैले पीडितलाई सहारा दियो। विपद्को त्यो कठिन समयमा विभिन्न निकाय, स्थानीयवासी, स्वयंसेवक र सहयोगी हातहरू एकै ठाउँमा उभिएका थिए। हामी पनि त्यही मानवीय प्रयासको एउटा हिस्सा थियौँ।
हामी त्यहाँ आफ्नो नाम बनाउन गएका थिएनौँ। कसैको घरमा हराएको सामान फिर्ता गर्न, हराइरहेका आफन्त खोज्न र संकटमा परेका मानिसलाई सकेको सहयोग गर्न पुगेका थियौँ। उद्धारले दिएको सबैभन्दा ठूलो पाठ आज ती दिन सम्झँदा मन भारी हुन्छ। बाढीले घर, पुल, भवन, सम्पत्ति र मानिसका धेरै सपना बगाएर लग्यो। तर मानिसभित्रको मानवतालाई भने बगाउन सकेन।
समय बित्दै जाँदा बाटाहरू पुनः बन्नेछन्, पुलहरू ठडिनेछन् र बाढीले क्षतिग्रस्त भएका बस्तीहरू विस्तारै उठ्नेछन्। तर त्यसबेला देखिएका आँसु, आफ्ना मान्छे खोजिरहेका परिवारका आँखा र सहयोगका लागि अघि बढेका हातहरूको सम्झना भने लामो समयसम्म रहनेछ। विपद्का बेला हामीले आफ्नो क्षमताले भ्याएसम्म काम गर्‍यौँ। कसैको जीवन फर्काउन सकेनौँ होला, तर हराएको सामान सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन सक्यौँ।
कसैको पीडा पूर्ण रूपमा हटाउन सकेनौँ होला, तर पीडाको समयमा साथ दिन सक्यौँ। सायद विपद्मा परेको मानिसका लागि त्यही साथ पनि ठूलो सहारा हुन्छ। बाढीले पुल बगायो, घर बगायो र बस्ती बगायो। तर मानिस–मानिसबीचको सम्बन्धको पुल भने अझ बलियो बनाएको अनुभव हामीले गर्‍यौँ। विपद्को समयमा मानवता नै सबैभन्दा ठूलो सहारा रहेछ भन्ने पाठ ती दस दिनले हामीलाई सिकायो। उद्धार कार्यमा साथ दिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, स्थानीयवासी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हामी हृदयदेखि नै सम्मान व्यक्त गर्दछौँ।
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लोकप्रिय

1

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

2

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

3

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

4

जीतपुरसिमरामा २०३ किलोभन्दा बढी गाँजासहित मकवानपुरका पिकअप चालक सीन्चुरी पक्राउ

रातो समाचार संवाददाता
5

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

6

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

7

चुनौती पार गर्दै लामा हेटौंडाको मेयर बनेपछि…..

8

हिमाल आरोही ‘निर्मल पुर्जा’ नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

9

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री
10

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology