Rato Samachar
Sun, 20 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पाहुनाको पर्खाइमा खड्कवार होमस्टे

बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरवास (होमस्टे) पाहुनाको पर्खाइमा रहेको छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । कोहलपुर नजिकै रहेपनि प्रचारप्रसारको कमीले पाहुनाको आगमन न्यून रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार, खड्कवारलाई होमस्टेको माध्यमबाट नगर तथा सहरी क्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि होमस्टे सञ्चालन गरिएको होे । नजिकै बाँके निकुञ्जको हात्तीसार रहेको छ । हात्ती सफारीलाई उपयुक्त रहेकाले आन्तरिक पर्यापर्यटन तथा पर्यटकका लागि खड्कवार क्षैत्र उचित गन्तव्य बन्दै गएको छ । थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित बस्ती तथा संस्कृति रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाच देखाइने गरिएको अध्यक्ष रानाले बताउनुभयो । स्थानीय तरकारी, खाद्यान्न, कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार हामेस्टेको विशेषता हो । कोभिड अघि धेरै चहलपहल हुने गरेको यहाँ अहिले आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् तर, जिल्लाका अन्य होमस्टेमा जस्तो पाहुनाको चहलपहलमा कमी रहेको होमस्टेका सञ्चालक यज्ञबहादुर रानाले बताउनुभयो । उहाँले होमस्टे संस्कृति र प्रकृतिको संरक्षणमा समेत जुटेको जानकारी दिनुभयो । खड्कवार होमस्टेलाई संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिकरुपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो । बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उहाँले भन्नुभयो, “निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा यहाँ धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन आह्वान गरिरहेका छौँ ।” होमस्टेमा घुम्न आउने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार छन् । कोहलपुर नगरपालिका–१३ का पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले यो होमस्टे बाँकेकै पर्यापर्यटनको प्रभावकारी गन्तव्य बन्दै गएको बताउनुभयो । निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं लाई हरित वडाका रूपमा अगाडि बढाएर होमस्टेको प्रचार प्रसारमा आवश्यक समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । कोहलपुर नगरपालिकाले सौर्य उर्जा खरिदमा सहयोग गरेको छ । यसैगरी सामुदायिक होमस्टे सांस्कृतिक भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गरेको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology