
चैत ८ गतेदेखि नेपाली फिल्म ‘११:५५ – डु नट ट्रस्ट एनि वन’ प्रदर्शनको तयारीमा छ ।
पछिल्लो समय आशा बोकेका नेपाली चलचित्र धमाधम प्रर्दशन भइरहेका छन् ।
तर, पनि दर्शकहरुले कुन फिल्मलाई मनपराउछन् त्यो भने प्रदर्शनमा आएपछि मात्र थाहा हुन्छ ।
यसैविच केशव पाण्डेको निर्देशन रहेको शुक्रबारदेखि फिल्म ‘११:५५ – डु नट ट्रस्ट एनि वन’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट वयस्क (एडल्ट) प्रमाणपत्र पाएको छ ।
फिल्मको पटकथा लेखन पाण्डेकै रहेको छ ।
विचित फिल्मस् र गुड जब आट्र्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका हुन् ।
२ घण्टा १७ मिनेटको रनटाइम तय गरिदिएर १६ वर्ष उमेर पुरा गरेका दर्शकले मात्र यो फिल्म हेर्न पाउने जनाइएको हो ।
चलत्रिको ट्रेलर समेत सार्वजनिक भइसकेको छ । ट्रेलरमा देखिए अनुसार श्रीमान र श्रीमतीको अलग अफेयर अनि रातको ११ः५५ बजे भएको एक हत्याको वरिपरि फिल्मको कथा घुमेको देखन्छ । सम्बन्ध र बदला अनि कुनै योजनामा रहेको सस्पेन्स कथामा आधारित रहेको क्राइम थ्रिलर जनरामा निर्माण भएको हो समेत भन्न मिल्ने ट्रेलरमा देखिन्छ ।
फिल्मबाट सागर खनालले अभिनयमा डेब्यु गरेका छन् । साथमा महेश त्रिपाठी,सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको नृत्य, देव महर्जनको एक्सन कोरियोग्राफी रहेको छ । राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्यम्न मिश्र र रामशरण उप्रेतीको छायांकन, , पासाङदावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले निर्माण नियन्त्रकमा छन्।
प्रतिक्रिया दिनुहोस्