Rato Samachar
Sat, 19 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

  • स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने विश्वास व्यक्त गर्नुभयो । “दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नुपर्ने काम कर्णाली प्रतिष्ठानको काँधमा आएको छ । अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य साबित हुन्छ”, स्वास्थ्य राज्यमन्त्री केसीले भन्नुभयो । जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासका लागि राज्यको अझै नजर नगएको बताउँदै सबै राजनीतिक दलको सहयोग, समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको स्पष्ट पार्नुभयो । उहाँले प्रतिष्ठानको बहुवर्षीय शैक्षिक भवन निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रतिष्ठानको कार्यबाट आफू सन्तुष्ट भएको बताउनुभयो । अक्सिजन प्लान्टबाट एक दिनमा एक सय ६० वटा सिलिन्डर भरिने भएको छ । हाल दिनमा ३०÷४० वटा सिलिन्डर भर्ने गरिएको प्रतिष्ठानका उपकुपति डाक्टर मङ्गल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले भवन अभावका कारणले गर्दा १३ वटा घर भाडामा लिएर काम गर्नु परेको बताउनुभयो । डायलासिस सेवा अब जुम्लामै यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री केसीले आज प्रतिष्ठानलाई डायलासिस उपकरण मेसिन उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौला रोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई पाँच सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा मिर्गौला रोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिनसकेका थिएनौँ । अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।” अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ । यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology