
आसन्न स्थानीय तहको निर्वाचनमा बलियो उम्मेद्वारका रुपमा आरती पाठक एमालेबाट उपमेयरमा सिफारिस भएकी छिन् । पाठक मानव वेचविखन विरुद्धको जिल्ला सञ्जाल मकवानपुरको अध्यक्ष, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष लगायत दर्जनौं संघ संस्थामा आबद्ध रहि सामाजिक क्षेत्रमा सक्रिय छिन् ।
पाठकलाई उपमेयरमा टिकट दिँदा जित्ने पक्कापक्की देखिएको विपक्षी दलहरुको पनि आँकलन रहेको छ । पाठक राजनीति सँगै खेलकुद क्षेत्रमा पनि निकै सक्रिय छिन्। पाठकले एमाले वृत्तमा मात्रै नभई कांग्रेस तथा नेकपा एसको भोट समेत तान्न सक्ने विश्लेषकहरु बताउँछन् । अन्य आंकाक्षी भन्दा धेरै लोकप्रिय भएकोले मानव अधिकारको क्षेत्रमा खरो रुपमा प्रस्तुत हुने पाठकलाई एमालेले टिकट दिने भएको हो । उनले टिकट पाउँदा नागरिक समाज समेतको प्रतिनिधित्व हुने नागरिक समाजका अगुवाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्