Rato Samachar
Fri, 26 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

आसियान बैठक: क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड

  1. सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पु¥याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेश मन्त्रीहरूको पाँचौँ बैठक यहाँ प्रारम्भ भएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले क्षेत्रीय सुरक्षा, म्यानमार मुद्दा, युक्रेन युद्ध र जलवायु परिवर्तनलगायतका क्षेत्रीय चासोका विषयमा केन्द्रित रहेर बैठकको उद्घाटन गर्दै स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन एवम् समन्वयका लागि एकल सचिवालय स्थापना गर्ने प्रस्ताव गरेका गर्नुभएको छ । साथै उहाँले व्यापक क्षेत्रीय आर्थिक साझेदारी (आरसिइपी) का निम्ति बेग्लै सचिवालय अपरिहार्य भएको बताउनुभयो । गत जनवरीमा लागू भएको आरसिइपीको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्न यथाशक्य चाँडो एकल सचिवालय हुनु आवश्यक भएको बताउँदै उहाँले कम्बोडियामा उक्त सचिवालय स्थापना गर्न आफू तयार रहेको जानकारी दिनुभयो । आसियानका सदस्य ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम र तिनका व्यापार साझेदार चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्ड सदस्य रहेको आरसिइपीको सचिववालय नोमपेनमा स्थापना गर्न सदस्य राष्ट्रबाट समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिमा आरसिइपीले नयाँ गति दिने उहाँले बताउनुभयो । कम्बोडियाले टकराव नभइ पारस्परिक एकता र सहयोगका लागि जोड दिएको बताउँदै उहाँले विभाजनका विषयलाई त्यागेर सहकार्य र साझेदारीमा सदस्य देशहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । कम्बोडियाली नेताले युक्रेन युद्धले गम्भीर आर्थिक अवरोधका साथै खाद्य र ऊर्जा सुरक्षामा आँच पु¥याएको र तयसले विश्वलाई फेरि एकपटक विभाजनतर्फ धकेलेकामा चिन्ता व्यक्त गर्नुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology