हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कको संयुक्त टोलीले बुधबार हेटौंडा-७ का २८ वर्षीय संजिव राज थिङ र हेटौंडा-१४ की मनिषा थिङ लाई पक्राउ गरेको हो।
प्रहरीले खानतलासी गर्दा उनीहरूको कोठाबाट बिक्रीका लागि तयार १४ ग्राम ५२० मिलिग्राम हेरोइन पदार्थ र डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले निजहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्