मकवानपुर ।हेटौडामा अवस्थित स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौडा शाखा को वित्तिय साक्षरता तथा १०औ वार्षिक केन्द्र भेला हुने भएको छ।
हेटौँडामा २०६६ साल देखि स्वरोजगार लघुवित्त विकाश बैँक नामबाट सञ्चालित भएको र हाल वित्तिय संस्था लिमिटेड रहेको संस्थाले केन्द्र भेला गर्ने योजना बनाएको हेटौडा शाखा प्रमुख सुसन जोशीले जानकारी दिए ।
लघुवित्तमा देशभर १ लाख १८ हजार ५ सय सदस्य हेटौडा शाखामा ३ हजार ३सय ४७ सदस्य दिदीबहीनी रहेको बताए ।
कार्यक्रममा केन्द्रिय प्रमुखहरु, अनुगमन अधिकृत, बिभिन्न शाखा प्रमुखहरु , सदस्य दिदीबहिनी लगायतको उपस्थितीमा उक्त कार्यक्रम गरिने बताएका हुन् ।
प्रमुख जोशीले बताए अनुसार २०७६ माघ ४ गते हेटौडा शाखाले ९ औ वार्षिक केन्द्र भेला गरेपछि विश्वभरी फेलिएको कोभिडका कारणले रोकिएको अवस्थामा आउदो चैत्र १८ गते १०औ केन्द्र भेला हुने भएको हो।
२०७८ चैत्र १८ गते हेटौडा ४ मा रहेको पशुपति शभागृहमा हुन गईरहेको हेटौडा शाखाको वित्तिय साक्षरता तथा १०औ वार्षिक केन्द्र भेलामा सम्पुर्ण सदस्य दिदीबहिनीहरुलाई अनिवार्य उपस्थिति हुन प्रमुख जोशीले अनुरोध गरेका छन् ।























प्रतिक्रिया दिनुहोस्