Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

स्थानीय तहको लगानी : नागरिकले विशेषज्ञ सेवा पाउँदै

 कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ । स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा रहेका अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा सघाएका हुन् । आफ्ना नागरिकलाई थप उपचारका लागि बाहिर जानु नपरोस् भनी चिकित्सक सेवा दिएपछि नागरिकले सहज सेवा पाएका छन् । कैलालीको लम्कीचुहा अस्पतालमा एक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, दुई मेडिकल अधिकृत, एकजना स्टाफ नर्स, चार हेल्थ असिष्टेन्ट, दुई अनमी र एक अहेवले सेवा दिइरहनुभएको छ । लम्कीचुहा अस्पतालमा ५७ जनशक्तिले दैनिक काम गरिरहका र त्यसका लागि वार्षिक रु तीन करोड खर्च भइरहेको छ । लम्कीचुहा नगरपालिकाले १५ शय्याको आफ्नै अस्पताल खोलेपछि २०७८ साउनयता ४५ हजार ७२९ जनाले स्वास्थ्य सेवा पाएका अस्पतालका व्यवस्थापक जयन्द्र जैसीले जानकारी दिनुभयो । लम्कीचुहा अस्पतालबाट स्त्रीरोग विशेषज्ञले मात्र गत वर्ष दुई हजार ४०० लाई सेवा दिनुभएको छ । नेपाल सरकारको सहयोगमा बनेको बलिया स्वास्थ्यचौकीको भवन र प्रदेश सरकारले बनाएको बर्थिङ सेन्टरलाई प्रयोगमा ल्याइएको छ भने कर्मचारी लम्कीचुहा अस्पताल विकास समितिबाट भर्ना भएर काम गरिरहेका व्यवस्थापक जैसीले बताउनुभयो । टीकापुर नगरपालिकाले पनि टीकापुर अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर उपलब्ध गराएको छ । टीकापुरमा उपलब्ध गराइएका बालरोग विशेषज्ञ र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरबाट वर्षमा हजारौँ नागरिकले सेवा पाएका छन् । नगरपालिकाको खर्चमा काम गरिरहेका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरले नौ हजार बढी बालबालिकाको स्वास्थ्य परीक्षण र उपचार गर्नुभएको छ भने २५० बालबालिकाको एसएनसियुमा उपचार भएको छ । “गत वर्ष नौ हजारभन्दा बढी बालबालिकाले उपचार सेवा लिएका छन्, सबैखाले समस्या भएका बालबालिकाको उपचार भएको छ”, डाक्टर ठाकुरले भन्नुभयो, “अभिभावक यही उपचार पाएर खुसी हुनुहुन्छ ।” यही अवधिमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले ओपीडीमा पाँच हजार ५१७ लाई उपचार सेवा दिनुभएको छ भने ४१८ को शल्यक्रिया गर्नुभएको छ । टीकापुर अस्पतालमा गत वर्ष एक लाख आठ हजारले उपचार सेवा पाएका छन् । त्यसमध्ये नयाँ र फ्लोअप गरी ४९ हजार ८०० बीमा गरेका बिरामीले सेवा लिएका अस्पतालमा सूचना अधिकारी दीपा अर्यालले जानकारी दिनुभयो । यसैगरी जानकी गाउँपालिकाले उपलब्ध गराएका एनेस्थेसियाका चिकित्सकबाट पनि पनि एक हजारभन्दा बढी बिरामीले सेवा पाएका छन् । एनेस्थेसिया चिकित्सकले हाडजोर्नी, प्रसूति, हर्निया, एपेन्डिसाइटसका बिरामीको सघन शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सेवा दिनुपर्ने हुन्छ । यस अवधिमा ४१८ महिलाको प्रसूति अवस्थामा शल्यक्रिया, ५३६ को हाडजोर्नीसम्बन्धी ठूलो शल्यक्रिया र हर्निया एपेन्डिसाइटिसका ७७ जना बिरामीको शल्यक्रिया भएको छ । बिरामीको चाप धेरै भएको टीकापुर अस्पतालमा स्थानीय तहले पारिश्रमिक दिने गरी उपलब्ध गराएका विशेषज्ञबाट धेरै ठूलो सहयोग पुगेको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी बताउनुहुन्छ । “अस्पताललाई अझैँ जनरल फिजिसियन, नाक कान घाँटी रोग विशेषज्ञको खाँचो छ”, उहाँले भन्नुभयो, “अस्पतालमा चिकित्सकको सेवापछि बिरामीको चाप बढेको छ, ५१ शय्याको अस्पतालमा शय्या अभाव छ, बिरामीलाई सेवा लिन सहज वातावरणका लागि सबैको सहयोग आवश्यक छ ।” –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology