Rato Samachar
Mon, 22 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सिसाको पुलसहितको साइकलमार्ग निर्माण हुने

इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो । सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ । सुरुमा परियोजनाको कूल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्ने छ । सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ । एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउने छन् । नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवद्र्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको रु एक करोड लागतमा साइकलमार्ग निर्माण हुनेछ । गत जेठ ११ गते नगरपालिका र नवप्रवद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ । साथै लोपोन्मुख लेप्चाजातिको सङ्ग्रहालय स्थापना गरिने छ । परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ । साइकल मार्ग जिल्लाकै नयाँ परियोजना भएको बताइएको छ । जिल्लामै पर्यटकका लागि नयाँ उत्पादनका रूपमा विकास गर्न सकिने यो कार्यक्रमलाई नगरपालिकाले नै सञ्चालन गर्ने बताइएको छ । यो साइकलमार्ग निर्माण भएपछि नेपाली साइकलयात्री मात्र नभई विदेशबाट समेत पर्यटकहरु यहाँ आउने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology