Rato Samachar
Sat, 30 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत

  • यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले मंगलबार यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गर्नुभएको थियो । “यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोवर २ सम्म थप दुई महिनाका लागि सोही शर्तअनुसार यो सहमति जनाएका छन्,” मंगलबा ग्रुण्डबर्र्गले जारी गरेको वक्तब्यमा भनिएको छ । उक्त घोषणापछि, एडेनमा रहेको यमन सरकारले युद्धविराम सम्झौता विस्तारलाई स्वागत गरेको थियो । “यस युद्धको प्रमुख उद्देश्य हुथी मिलिशियाद्वारा सुरु भएको युद्धका कारण भएको रक्तपात रोक्नु, नागरिकहरूको स्वतन्त्रता कायम गर्नु र यमनभरि सामान तथा मानवीय सेवाहरू ओसारपसार गर्नु हो,” यमन सरकारले मंगलबार विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा उल्लेख छ । सरकारले सम्झौताको पूर्ण कार्यान्वयनलाई ध्यान दिने बताएको छ । त्यसैगरी, हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल–सलामले आफ्नो ट्वीटर अकाउन्टमा लख्नुभएको छ, “ओमानको सुल्तानेटमा लामो प्रयासपछि सम्झौता नवीकरण गरिएको छ ।” उहाँले थप्नुभयो, “संयुक्त राष्ट्रसंघले पारिश्रमिक दिने, विमानस्थल र बन्दरगाह खोल्ने र नाकाबन्दीको अन्त्य गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सघन कार्यको महत्वलाई हामी दोहो¥याएका छौँ, किनकि मानवीय मुद्दाहरु यमनी जनताको प्राकृतिक अधिकार हो ।” संयुक्त राष्ट्रसंघले मध्यस्थता भएको यो युद्धविराम सम्झौता गत अप्रिल २ मा लागू भएको थियो भने मङ्गलबार सकिँदै थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

काठमाडौंमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, भलिबलमा छात्र र छात्रातर्फ मकवानपुर क्वार्टरफाइनलमा

रातो समाचार संवाददाता

पेट्रोलदेखि भान्सासम्म महँगीको आगो : राहत माग्दै युवा अभियानता भोजराज संजेल

बागमतीमा एचआइभी संक्रमण घट्दो क्रममा, तर चुनौती अझै उस्तै 

रातो समाचार संवाददाता

नवोदय शिशु सदनले जेठ १५ गतेदेखि नवोदय मुन कार्यक्रम गर्दै, २०० जना विद्यार्थीको सहभागिता रहने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology