आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि मकवानपुर–क्षेत्र १ बाट तेजप्रसाद उप्रेती (रमेश) चुनावी मैदानमा छन् ।

जर्नादन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)  का तर्फबाट उम्मेदवारी दिएका उप्रेती आफ्नो निर्वाचन क्षेत्रका नागरिकको समस्या बुझ्न मतदाता समक्ष पुगिरहेका छन् ।

मकवानपुरमा सामाजिक व्यक्तित्वका रूपमा परिचित लामो समयदेखि वैकल्पिक राजनीतिक धारमा सक्रिय रहँदै आएका युवा भएकाले अघि सारिएको पार्टीको मकवानपुर समितले जानकारी दिएको हो ।

सोहीक्रमसँगै नागरिकले उठाउन चाहेका मुद्दा, प्राथमिकता राख्ने भन्दै जनता कै सुझावहरू प्रत्यक्ष रूपमा संकलन गर्दै मतदाता समक्ष पुगिरहेको पार्टीको मकवानपुर समितद्धारा जानकारी गराइएको हो ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालसँग यसअघि आबद्ध रहेका उप्रेती बाबुराम भट्टराई र जर्नादन शर्माबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मकवानपुर–१ मा उम्मेदवार बनेका हुन्।

दक्षिण कोरियामा लामो समय काम गरेको, जेसिजको राष्ट्रिय नेतृत्व सम्हालेको पृष्ठभूमि तथा सामाजिक रूपमा सक्रिय व्यक्तित्वका कारण उम्मेदवारका रूपमा अघि सारिएको पार्टीका पदाअधिकारीहरु बताउछन् ।

मकवानपुरको राजनीतिक वृत्तमा उप्रेतीलाई विश्वव्यापी अनुभव बोकेको शिक्षित र उद्यमशील युवा भएकाले उम्मेदवार का रूपमा हेरिएको बताइएको हो।

यसै क्रममा क्यूआर कोड सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको र “उन्नत विकास सहितको विकल्प”भन्ने मूल नाराका साथ मतदाताबाट प्राप्त राय, सुझाव र सन्देशलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्यदिशाको आधार बनाइने उम्मेदवार उप्रेतीले बताए ।

 

क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि नागरिकले सजिलै आफ्ना विचार, अपेक्षा र प्रतिक्रियाहरू लेखेर पठाउन सक्ने व्यवस्था गरिएको र सोही सुझावलाई पनि प्राथामिकतामा राखिने बताएका हुन्।

चुनावी प्रतिस्पर्धामा उत्रिएका उप्रेती नयाँ शक्ति पार्टी नेपाल २०७३ का संस्थापक सदस्य हुनुका साथै समाजवादी पार्टीको जिल्ला संयोजकको जिम्मेवारी समेत निर्वाह गरिसकेका हुन्।

…………………………………………………………………………………………………………………………………………………

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।

…………………………………………………………………………………………………………………………………………………

 

रातो समाचार संवाददाता
थप जानकारी