Rato Samachar
Sun, 27 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी

  • म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ । मन्दिरको निर्माणसँगै, रङरोगन, मन्दिरसम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुङ्गा बिछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँटसम्म जाने पक्की पदमार्ग निर्माणलगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८÷०८९ मा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त रु चार लाख, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त रु दुई लाख र बेनी नगरपालिकाको रु एक लाख ५० हजार गरी कूल रु सात लाख ५० हजारको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर निर्माण जानकारी दिनुभयो । यसका लागि स्थानीयले रु एक लाखभन्दा बढीको श्रमदानसमेत गरेका छन् । विसं २०३८ मा बगरफाँटवासीले स्थापना गरेको सो मन्दिरमा विगत तीन वर्षदेखि पुनःनिर्माण भइरहेको छ । अघिल्लो दुई आर्थिक वर्षहरुमा डिभिजन वन कार्यालय, बेनी नगरपालिकालगायत सङ्घ संस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँटवासीले देश तथा विदेशमा सङ्कलन गरेको करिब रु १५ लाख बराबरको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिएको थियो । बगरफाँटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि दुर्गा भगवतीको मन्दिरलाई व्यवस्थित गरिएको जनाइएको छ । करिब तीन रोपनी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ । यस मन्दिरमा असोज र चैतको अष्टमीमा बलिसहितको पूजा हुने गर्दछ भने साधारण पूजाआजाका लागि सधैँ नै खुला रहने गर्दछ । करिब ४० वर्ष अगाडि सामान्य ढुङ्गाबाट बनाइएको मन्दिरमा अहिले मन्दिर पुनःनिर्माण र अन्य भौतिक संरचना निर्माण भएपछि दर्शन तथा पूजाआजाका लागि सहजतासँगै गाउँकै सुन्दरता बढेको स्थानीय समाजसेवी क्या मीनबहादुर कार्कीले बताउनुभयो । मन्दिरको चारैतिर बत्ति राखेर झलमल बनाइएको छ । बेनी–बरङ्जा सडकको छेउबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेददेखिनै राखिएका विभिन्न देवीदेवताको मूर्ति तथा साना मन्दिर थप आकर्षणको रुपमा रहेका छन् । मन्दिर परिसरमा अन्य संरचनासहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालु आर्थिक वर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाइ छ –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology