नगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी निवास अगाडि पार्किङ गर्नपनि नक्शा पास गर्नुपर्ने बताएका छन्।

महानगरपालिकाले आइतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाउने क्रममा निजी जग्गामा समेत पार्किङका लागि नक्शा पास गरेको हुनुपर्ने बताएका हुन्।

बिहान महानगरले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए। निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरित काम नगर्न महानरका प्रतिनिधिलाई आग्रह गरेका थिए।

महानगरले निजी जग्गामा पार्किङ गरिएको सवारी उठाउँदा अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो।

काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने दाबी पाण्डेले छ। नगरप्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिपछि सर्वसाधारणहरु आक्रोशित बनेका थिए।

नागरिक न्युजबाट साभार

 

तस्विर गुगल