Rato Samachar
Sun, 4 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट

सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ । स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन एवं सुधारका लागि निर्माण गरिएको न्यूनतम सेवा मापदण्डअनुसार काम गरेका आधारमा सो चौकी उत्कृष्ट बनेको हो । स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले गरेको मुल्याङ्कनका आधारमा गुण्डु सूर्यविनायक नगरपालिकाकै पहिलो र भक्तपुर जिल्लाकै दोस्रो उत्कृष्ट संस्था बनेको हो । चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्यचौकी प्रथम, सूर्यविनायक–७ गुण्डु स्वास्थ्यचौकी दोस्रो, चाँगुनारायणकै नगरकोट, दुवाकोट स्वास्थ्यचौकी तेस्रो र मध्यपुरथिमिको बोडे स्वास्थ्यचौकी पनि तेस्रो भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्यचौकी सहयोग व्यवस्थापनसहित तीनवटा खण्ड गरी २४ वटा सूचक निर्धारण गरी मूल्याङ्कन उत्कृष्ट स्वाथ्यचौकीको घोषणा गरिएको र यस्ता संस्थालाई रु ५० हजारका दरले रकम प्रदान गरिने उहाँले बताउनुभयो । न्यूनतम सेवा मापदण्ड पूरा गर्ने क्रममा ५० प्रतिशत अङ्क प्राप्त गर्नेलाई सेतो, ५० देखि ६९ लाई पहेँलो, ७० देखि ८४ प्रतिशतलाई निलो र ८५ देखि १०० प्रतिशतलाई हरियो सिग्नल हुने गरी मुल्याङ्कन गरिएको थियो । ती सूचकमध्ये अधिकांशमा हरियो सङ्केत चिह्न प्राप्त गर्दै गुण्डु स्वास्थ्यचौकीले ९२ अङ्क प्राप्त गरी सेवा प्रवाह र उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनमा गुण्डु सूर्यविनायक नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो बनेको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष तथा गुण्डु स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यचौकीले बरिहङ्ग सेवा, खोप, वृद्धि मूल्याङ्कन, परिवार नियोजन सेवा, एएनसी र पिएनसी सेवा, ड्रेसिङ, प्रयोगशाला सेवा, इन्जेक्सन र दैनिक प्रक्रियामा हरियो सङ्केत चिह्न प्राप्त गरेको थियो भने डट्स क्लिनिक र औषधि सेवामा निलो सङ्केत चिह्न प्राप्त गरेको थियो । स्वास्थ्यचौकीले उपकरण प्रशोधन एवं निर्मलीकरण, विद्युत् तथा अन्य ऊर्जाको प्रणाली, पानीको स्रोत, स्वास्थ्य सेवाजन्य फोहर व्यवस्थापन, सरसफाइ, सुरक्षा र संरक्षण, यातायात साधन र मेडिकल उपकरणमका पनि हरियो सङ्केत चिह्न प्राप्त गरेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology