जेसीआई बसामाडीको जेसीज सप्ताह वर्ष २०२२ को सुरु भएको छ। वार्षीक विभिन्न कार्यक्रमहरुको आयोजना अन्तर्गत सप्ताह वर्ष आजबाट सुरु गरेको हो ।

सोही कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल महर्जनले नेतृत्व र बेक्तित्व बिकासमा काम गरिरहेको युवाहरुले सामाजीक सेवामा सक्रियता देखाएकोमा खुसी लागेको बताए ।

सप्ताह वर्ष अनुसर हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग गरेर आजबाट कार्यक्रमको सुरुगरेका हुन् ।उनले मन्दिरका लागि गरेको सहयोगका लागि धन्यबाद समेत दिए।कार्यक्रमलाई उत्कृष्ट ढङ्गबाट लैजानकालगी साताभरी विभिन्न सामाजीक सहयोग गर्ने अभियान अन्तर्गत इन्भटरको ब्याट्री प्रदान गरिएको कार्यक्रम संयोजक जेसी रमेश शर्माले बताए।

जेसीआईले समाजमा सधै सहयोग गर्दै आएको अवगत गराउदै सप्ताहको पहिलो दिनमै धार्मिक स्थलकालागी सहयोग गर्न पाएकोमा खुसी लागेको मूल कार्यक्रम संयोजक जेसीज सुरज डङ्गोलले बताए।

बनस्खण्डी मन्दीर परिसरमा बोल्दै सह मुल कार्यक्रम संयोजक मनिष घिमीरेले सो अन्तर्गत विभिन्न कार्यक्रम गरि १४ गते समापन गरीने बताए।

जेसीआईका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षता र वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वनष्खण्डी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राममान श्रेष्ठको विशीष्ठआतिथ्यता रहेको थियो।

त्यस्तै गरि कार्यक्रममा जेसिआइ बस्तिपुरका अध्यक्ष जेसी रमेश उप्रेती, हेटौडा लेडी जेसिजको महासचिव जेसी दिलु घर्ती लगगाएतको उपस्थीती रहेको थियो।

 

JCIयुवाहरुले दिए इन्भर्टर ब्याट्री।Hetaudaसुरु गरे सप्ताहव्यापी कार्यक्रम।Banaskhandi Mandir।Samajik