रोशन दिप – तिहारको माहोल सँगै हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा सलमान खान र कट्रिना कैफ स्टारर यस वर्षको बहु प्रतीक्षित हिन्दी फिल्म स्पाइ एक्सन ड्रामा को बिहीबार बेलुकादेखि नै अग्रिम टिकट बिक्री खुला गरिएको छ ।
भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ ।
कार्तिक २६ गते आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् ।
सलमानको फिल्म करिअर ३५ वर्ष पुगेको छ । पछिल्लो ६ वर्षमा उनका कुनै पनि फिल्मले ब्लकबस्टर कमाइ गर्न सकेका छैनन् । ‘किसी का भाइ किसी की जान’, रोध स् योर मोस्ट वान्टेड भाइ, रेश ३, भारत र दबंग ३ ले खास कमाउन सकेनन् । यसर्थ, सलमानका लागि ‘टाइगर ३’ महत्वपूर्ण छ ।
नेपालमा अग्रिम बुकिङको ट्रेन्ड हेर्दा पहिलो दिन नेपालमा ‘टाइगर ३’ को ओपनिङ एक करोडदेखि डेढ करोड रुपैयाँको बीचमा हुन सक्छ ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्