नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलबीच चुनावी तालमेल गर्नुपर्ने बताउनुभएको छ ।

‘घरघर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं’ अभियानअन्तर्गत भानु नगरपालिका– १३ मा सोमबार गरिएको क्रममा सम्बोधन गर्नुहुँदै काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । सत्तारुढ दलबीच नै गठबन्धन गर्न सकिने उहाँको भनाई थियो ।

काँग्रेसले जित्ने ठाउँमा एक्लै लड्ने हो नजित्ने स्थानको बाँडफाँड गरेर तालमेल गरिनुपर्ने पौडेलले बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासका लागि पनि आगामी चुनावमा काँग्रेसले जित्नै पर्ने उहाँले बताउनुभयो । काँग्रेस नेता पौडेलले काँग्रेस व्यास नगर वडा नं. ३ द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यव्रmममा बोल्नुहँदै तनहुँ जिल्लालाई विकासमा नमुना बनाइने समेत बताउनुभयो । काँग्रेसले चुनाव हार्दा विकासका गतिविधि अगाडि वढ्न नसकेको बताउनुभयो । यसअघिको निर्वाचनमा काँग्रेसले पराजय भोगेकाले विकासका गतिविधि अगाडि बढ्न नसकेको पौडेलले बताउनुभयो ।

‘काँग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ’, पौडेलले भन्नुभयो, ‘स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।’

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गर्नुभएको छ । सुरुमा एमसीसीको विरोध गर्ने जनता पनि एमसीसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो ।यो समाचार गोरखापत्र बाट साभार गरिएको हो