हेटौंडा । मकवानपुर सुनचाँदी व्यवसायी संघले मकवानपुरका सबै व्यवसायीलाई सुन चाँदीको पसल बन्द आग्रह गरेको छ । नेपाल सरकारले सुनचाँदीको कारोबारमा लगाइएको २ प्रतिशत विलाशिता कर तथा बहुमुल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) को विरोध गर्दै सबै मकवानपुरका सबै सुनचाँदीको व्यवसायी बन्द गर्न आग्रह गरेको हो । बिहीबार बसेको मकवानपुर सुनचाँदी व्यवयसायी संघको कार्यसमितिको बैठकले विलसिता करको विषयमा आन्तरिक राजस्व कार्यालयले प्रेसित गरिएको विजकको नमुना अनुसार कारोबार गर्न नसकिने, विल काट्न नसकिने र व्यवसाय पलायन हुने अवस्था सृजना भएको हुदा संघबाट अर्को आधिकारीक सुचना (पत्र) नआए सम्म सुनचाँदी पसलहरु बन्ँद गर्न लागेको महासचिव राजकुमार रसैलीले जानकारी गराएका छन् ।
बन्द अवधि भर व्यवसाय सञ्चालन गरेमा २५ हजार रुपैयाँको जरिवाना लगाइने निर्णय गरेको उनले बताए । यस अघि पनि सुनचाँदी व्यवसायीले बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा उक्त विषयमा ध्यानाकर्षणपत्र बुझाइसकेको छ । सुनमा लगाएको २% विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाएको १३% भ्याटलाई खारेज गर्न माग गर्दै मकवानपुरका सुनचाँदी व्यावसायीहरुले हेटौंडा नगरको परिक्रम गर्दै मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएका थिए ।
सुनको भन्सारमा ६% कायम गर्न, सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न र विलासिता कर खारेज गर्न माग गरेको संघका अध्यक्ष पवन कुमार शाक्यले बताएका छन् । सुन तथा सुनको गहनाहरुमा लागू गरिएको विलासिता कर र हिरामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) पूनविचार गरी खारेज गर्न, सुनचाँदीको कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहित गर्न छिट्टै ऐन र नियम तथा नीतिहरु निर्माण गर्न,निर्यात ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्थालाई खारेज गर्न माग गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्