संचार क्षेत्रमा रहेर काम गरेका चर्चित व्यक्ती रवि लामिछानेले पुर्णकालीन राजनीतिमा प्रवेश गर्दै संचार क्षेत्रलाई छाडेका छन् ।

राष्ट्रिय राजनीतिमा जानमा लागि केही बेर अघि नै रवि लामिछानेले ग्यालेक्सी फोर के टिमले विदाई गरेको छ ।

आफनै फेसबुक लाईभ मार्फत यस बिषयको औपचारिक जानकारी गराएर आज साँझ आफू देखिने सिधा कुराको अन्तिम कार्यक्रम रहने बताएका छन् ।

उनले भने “मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरें।अब म आफ्नो आवाजलाई टिभिको पर्दाबाट संसदमा पुर्याउन चाहन्छु।
सिधा कुरा सञ्चालनको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताका हुन् ।”