मकवानपुरको मनहरी गाउँपालिकामा केही मतगणना जारी छ ।

हाल सम्मको मत परिणाम अनुसर भैरहेको मतगणमा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार काँग्रेसका रञ्जन कालाखेती अत्याधिक अग्र स्थानमा रहेका छन् ।
हाल सम्म वडा नम्बर १ देखी ६ सम्मको मतपरिणाम अनुसार कालाखेतीलेले नै लिड गरेका हुन् ।
एमालेका उम्मेदवार एकराज उप्रेती र
नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठलाई धेरै पछि पारेका हुन्।

त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगरले पनि अग्र स्थान ओगटेकी छन् ।
एमालेकी उम्मेदवार सुजीता थिङ र नेकपा एकीकृत समाजवादीको मनिला विष्ट तेस्रो स्थानमा छिन् ।
पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार आउने पक्का भएको हो ।

अहिले नै कालाखेतीको लागि बधाई ओइरिन सुरु गरेको छ ।

मनहरी गाउँपालिका
हाल सम्म गणना भएका वडाहरु – १,२,३,४,५ र ६
कुल मतगणना – १२,५५६

अध्यक्ष/उपाध्यक्ष अपडेट :
अध्यक्ष मतान्तर -२९८०
उपाध्यक्ष मतान्तर-१६०५

अध्यक्ष
नेपाली कांग्रेस (गठबन्धन) – ५८६१
नेकपा एमाले – २८८१
नेकपा एकीकृत समाजवादी – १२८१

उपाध्यक्ष
नेकपा माओवादी केन्द्र (गठबन्धन) – ४२९४
नेकपा एमाले – २६८९
नेकपा एकीकृत समाजवादी – १७११